images
images

भ्रष्टाचारी जोगाउन बयान फेर्ने ३ जनाविरुद्ध अख्तियारले चलायो मुद्दा


  • 208
    SHARES
  • २०७९ फाल्गुण ५ गते शुक्रबार

    भ्रष्टाचारी जोगाउन बयान फेर्ने ३ जनाविरुद्ध अख्तियारले चलायो मुद्दा

    काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपीलाई जोगाउने गरी बयान फेर्ने तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

    सिन्धुपाल्चोकमा रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर भोगेन्द्रप्रसाद साहसमेतको मुद्दामा घुस बापतको रकम दिएको बयान दिएका थिए । घुस लिएकोसम्बन्धी मुद्दामा बयान फेरेका तीन जनाविरुद्ध अख्तियारले विशेषमा मुद्धा दायर गरेको हो ।

    बद्री आचार्य भन्ने समुन्द्र आचार्य, चिरञ्जीवी आचार्य र रत्नप्रसाद आचार्यलाई सरकारी साक्षीका रूपमा अदालतमा पेश गरिएको थियो । तर इन्जिनियर भोगेन्द्रप्रसाद साहसमेतको मुद्दामा घुसबापतको रकम दिएको भनिएका उनीहरूले बयान फेरेका थिए । सरकारी साक्षीका रूपमा पेस गरिएका तीन जनाले घुसबापतको रकम दिएको बयान फेरेपछि उनीहरुविरुद्ध मुद्धा दायर गरिएको हो ।

    विशेष अदालतमा बकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएकोले समुन्द्र र चिरञ्जीवीविरुद्ध २९ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको छ । यस्तै रत्नप्रसाद आचार्यले ८५ हजार रुपैयाँ घुस दिई कसुर गरेको देखिएको भन्दै त्यही बराबरको बिगो मागदाबी गरेर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


    images
    images

    Logo