images
images

एयर इन्डियालाई ४७० विमानका लागि ६५ सय पाइलट चाहिने


  • 271
    SHARES
  • २०७९ फाल्गुण ५ गते शुक्रबार

    एयर इन्डियालाई ४७० विमानका लागि ६५ सय पाइलट चाहिने

    एयर इन्डियालाई ४७० विमानका लागि ६५ सय पाइलटको आवश्यक पर्ने भएको छ । भारतीय बायुसेवा कम्पनी एयर इण्डियाले एयरबस र बोइङबाट ४ सय ७० नयाँ जहाज खरिदको लागि अर्डर दिएको छ । यी दुई कम्पनीबाट आउने जहाज उडाउनको लागि ६ हजार ५ सय भन्दा बढी नयाँ पाइलटको आवश्यक पर्ने भारतीय सञ्चार माध्यमले जनाएको छ । 

    कम्पनीले थप ३ सय ७० जहाज अर्डरको योजना बनाएको छ भने यस अनुसार कम्पनीले ८ सय ४० वटा नयाँ जहाज थप्नेछ ।यो कुनै पनि एयरलाइन्सको सबैभन्दा ठूलो विमान अर्डर मध्ये एक हो। 

    हाल, एयर इन्डियासँग यसको १ सय १३ वटा विमानहरु रहेका छन् । जसमा अहिले १ हजार ६ सय पाइटले काम गरिरहेका छन् । एयरलाइन्ससँग अहिले दुई सहायक कम्पनी एयर इण्डिया एक्सप्रेस र एयर एशिया इण्डिया रहेका छन् । जससँग ५४ वटा जहाज र ८ सय ५० पाइलटले काम गरिहेका छन् । संयुक्त लगानीमा सञ्चालित विस्ताराएयरसँग ५३ वटा जहाज र ६ सय भन्दा बढी पाइलटहरु रहेका छन् । 

    नवीनतम एयरबस फर्म अर्डरमा २१०, ए३२०/३२१, एनईओ /एक्सएल आर ए३५०–९००/१००० समावेश छन् । बोइङ फर्मको अर्डरमा १९० ७३७–म्याक्स, २० ७८७ र १० ७७७ लगाएतका छन् ।

     

     

     

     

     


    images
    images

    Logo