images
images

सुपर हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए आईपीओ ?


  • 323
    SHARES
  • २०७९ फाल्गुण ५ गते शुक्रबार

    सुपर हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए आईपीओ ?

    काठमाडौं । सुपर हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । शुक्रवार  बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट सम्पन्न भएको हो । 

    कम्पनीको आईपीओमा कुल १३ लाख २२ हजार ४ सय ९२ जना आवेदकबाट १ करोड ४३ लाख २७ हजार ९ सय २० कित्ताको लागि आवेदन परेको थियो 

    । जस मध्ये ४ हजार १ सय ७२ जनाको आवेदन रद्द भएको छ भने बाँकी १३ लाख १८ हजार ३ सय २० जना आवेदकलाई गोलाप्रथा बाट शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट कुल ४१ हजार ५ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकि रहेका आवेदक हात खाली भएको छ ।  

    कम्पनीले माघ २३ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले कम्पनीका कर्मचारीलाई १० हजार कित्ता र आम सर्वसाधारणलाई ४ लाख १५ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।


    images
    images

    Logo