images
images

बुद्धभूमि नेपाल हाइड्रोपावरको साधारणसभा आज हुँदै, के के छन् एजेण्डा ?


  • 342
    SHARES
  • २०७९ फाल्गुण ५ गते शुक्रबार

    बुद्धभूमि नेपाल हाइड्रोपावरको साधारणसभा आज हुँदै, के के छन् एजेण्डा ?

    बुद्धभूमि नेपाल हाइड्रोपावरको साधारणसभा आज हुँदैछ । कम्पनीले फागुन ५ गते अखरोट बिस्ट्रो र भोज, पानीपोखरीमा बिहान ११ बजे बस्नेगरि सो सभा बोलाएको हो । 

    यस्ता छन् कम्पनीको एजेण्डाहरु :

    साधारण प्रस्ताव :

    १. सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ तथा २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने ।

    २. वार्षिक आर्थिक विवरण, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्त तथा २०७९ आषाढ मसान्तको वासलात तथा मिति २०७७ श्रावण १ देखि २०७८ आषाढ मसान्त तथा २०७८ श्रावण १ देखि २०७९ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण सम्बन्धी विषयमा छलफल गरी स्वीकृत गर्ने ।

    ३. आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्तिगर्ने र निजको पारिश्रमिक तोक्ने ।

    ४. सर्बसाधारण शेयरधनीहरु (समूह ख) बाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचन गर्ने सम्बन्धमा ।

    ५. स्वतन्त्र संचालक नियुक्त गर्ने सम्बन्धमा ।


     विशेष प्रस्ताबहरु :

    १. कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको आर्थिक सहयोग लाई अनुमोदन गर्ने सम्बन्धमा ।
    २. कम्पनीले आफ्नो चुक्ता पूँजी र सञ्चित मुनाफा भन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्ने सम्बन्धमा ।


    images
    images

    Logo