images
images

२१ अंकले घट्यो नेप्से, १५ कम्पनीको शेयर मूल्य बढ्दा १ अर्ब ६८ करोडको कारोबार


  • 270
    SHARES
  • २०७९ फाल्गुण ४ गते बिहीबार

    २१ अंकले घट्यो नेप्से, १५ कम्पनीको शेयर मूल्य बढ्दा १ अर्ब ६८ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम दिन नेप्से घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१५ अंकले घटेर २ हजार ७० दशमलव ४१ विन्दुमा पुगेको छ । आज २ सय ५६ स्क्रिपको १ अर्ब ६८ करोड रुपैयाँ बराबरको ४७ लाख ४७ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्से परिसुचकसँगै कारोबार रकम पनि घटेको छ । 

    साताको अन्तिम दिन विहीबार १५ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ९७ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्यमा स्थिर छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.९३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज कम्पनीको ५ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ५ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी पावरको ४ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     आज सानिमा लार्ज क्याप फण्ड ७.६५ प्रतिशतले बढेको छ भने राप्ती हाइड्रोपावरको ५.२३ प्रतिशतले बढेको छ । त्यस्तै,  प्रभु सेलेक्ट फण्डका इकाईधनीको २ प्रतिशतले बढेको छ । 

     

     

     

     

     


    images
    images

    Logo