images
images

ल्होत्से मलमा भएकाे चाेरीमा संलग्न १५ जना पक्राउ 


  • 214
    SHARES
  • २०७९ फाल्गुण ४ गते बिहीबार

    ल्होत्से मलमा भएकाे चाेरीमा संलग्न १५ जना पक्राउ 

    काठमाडौं । प्रहरीले बालाजुको घटनामा संलग्न १५ जना पक्राउ गरेको छ । ल्होत्से महलमा भएको लुटपाटमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको हो । सिसिटिभी फुटेज र भिडियोमा देखिएका १५ जनालाई पक्राउ गरिएको हाे । 

    सोमबार यातायात व्यवसायीको गरेको आन्दोलको क्रममा ल्होत्से मलमा प्रवेश गरि महलभित्र रहेका मोवाइल पसलबाट मोवाइल चोरी भएको थियो भने साेही दिन प्रहरीकाे दुई भ्यानमा पनि आगलागी भएकाे थियाे ।

    यसरी पक्राउ पर्नेमा काभ्रे घर भएका सुरज मगर, उदयपुरका रितेश बस्नेत र मोरङ बेलबारी घर भएका यमन राई छन् । त्यस्तै, नुवाकोट घर भएका सुनिल कालिकोटे, माछा पोखरी घर भएका रोमन नगरकोटी, नुवाकोट घर भएका सुदिप तामाङ, मापा पोखरीमा व्यापार गर्ने माधव शाही, केशव राई र इन्द्र तामाङ छन् । 

    धादिङ घर भएर तार्केश्वर बस्ने चालक ईलाराज गुरुङ, उदयपुर घर भएका सह–चालक राजन राउत, काभ्रे घर भएका चालक हरिशरण तामाङ, धादिङ घर भएका सहचालक विकास गुरुङ, चितवन घर भएका चालक संविधान परियार र सामाखुसी घर भएर होटेलमा वेटर काम गर्ने कविन खड्गीलाई प्रहरीले पक्राउ गरेको छ ।


    images
    images

    Logo