images
images

सुदूरपश्चिमका उद्याेगहरुमा १० दिनसम्म विजुली नआउने, यस्ताे छ कारण


  • 275
    SHARES
  • २०७९ फाल्गुण ४ गते बिहीबार

    सुदूरपश्चिमका उद्याेगहरुमा १० दिनसम्म विजुली नआउने, यस्ताे छ कारण

    काठमाडौं । सुदूरपश्चिमका उद्याेगहरुमा १० दिनसम्म विजुली नआउने भएकाे छ । नेपाल विद्युत प्राधिकरणले एक सुचना जारी गर्दै टनकपुर–महेन्द्रनगर १३२ के.भी. अन्तरदेशीय प्रसारण लाइन सटडाउनमा रहने हुँदा फागुन ५ गतेदेखि १४ गते बेलुका ६ बजेसम्म  विद्युत आपूर्ति कटौति हुनेसक्ने जनाएको हो । 

    प्राधिकरणले भारतमा सञ्चालित टनकपुर पावर हाउसको वार्षिक मर्मत सम्भार कार्यका लागि टनकपुर–महेन्द्रनगर १३२ के.भी. अन्तरदेशीय प्रसारण लाइन सटडाउनमा रहने हुँदा सो अवधिभर उक्त प्रसारण लाइनबाट प्रणालीमा आयात भइरहेको ८० मेगावाट विद्युत आपूर्ति नहुने भएकोले औद्योगिक ग्राहकहरूको विद्युत आपूर्ति प्रभावित हुनसक्ने जनाएको छ ।

    प्राधिकरणले भनेको छ 'यसका कारण औद्योगिक ग्राहक वर्गमा पर्न जाने असुविधाका लागि नेपाल विद्युत प्राधिकरण क्षमाप्रार्थी छ ।'

    Capture.JPG

     

     


    images
    images

    Logo