काठमाडौं । ग्याँस विस्फोटपछि आगलागीबाट जलेर घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा बिहीबार बिहान १० बजेर ५७ मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो ।
बुधवार काठमाडौंको बुद्धनगरस्थित निवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।आइसियुमा राखेर उपचार भइरहेको बेला हरिकलाको निधन भएको हो ।
अस्पतालका अनुसार हरिकलाको शरीरको अधिकांश भाग आगोले जलेको थियो । उनको शरीरको ७० प्रतिशत भागमा जलन भएको र श्वासनलीमा तातो हाव र धुँवाका कारणले जलन भएको हाे ।
सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । सांसद भण्डारीलाई भने थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ ।



