काठमाडौं । सुपर माई हाइड्रोपावरको आईपीओ भोली बाँडफाँट हुने भएको छ । कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म निष्काशन गरेको आईपीओ भोली अथात् फागुन ४ गते बाँडफाँट हुने भएको हो । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार माग भन्दा बढी आवेदन परेकोले आईपीओ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।
बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार समय भने तोकिसकिएको छैन, तर आज साँझसम्म बाँडफाँडको समय निश्चित हुने कम्पनीले जनाएको छ । यसमा १३ लाख ८६ हजार ८ सय २ जनाले कुल १ करोड ५४ लाख ६ हजार ६० कित्ताको लागि आवेदन दिएका छन् ।
जसमा ४१ हजार ५ सय जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ४५ हजार ३ सय २ जनाको भने हात खाली हुनेछ । कम्पनीले सर्वसाधारणका लागि ४१ हजार ५ सय कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटल लिमिटेडले गरेको छ ।



