काठमाडौं । सिभिल बैंकको शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । बैंकको शेयर कारोबार फागुन १४ गतेदेखि चैत २ गतेसम्म बन्द गर्ने बैंकले जनाएको छ ।
हिमालयन बैंकले रसिभिल बैंकलाई प्रप्ति गरि फागुन १२ गतेदेखि एकिकृत कारोबार गर्ने भएकाले १४ गतेदेखि शेयर कारोबार रोक्का हुुने भएको हो ।
सो बैंकले एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि शेयर कारोबार बन्द गर्न लागेको बैंकले जनाएको छ ।