images
images

राष्ट्र बैंकले गर्यो दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन


  • 282
    SHARES
  • २०७९ फाल्गुण ३ गते बुधबार

    राष्ट्र बैंकले गर्यो दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन गरेको छ। बुधवार राष्ट्र बैंकले सूचना जारी गर्दै उक्त कार्यविधि संशोधन गरेको हो । 

    राष्ट्र बैंकले आरटीएस प्रणालीमा आवद्ध इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई बैंकदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा नीतिगत दरमा उपलब्ध गराउने गरी दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि (दोस्रो संशोधन, २०७१), २०७६ मा संशोधन गरेको हो। 

    यस अघि ८.५ प्रतिशतको रहेको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा राष्ट्र बैंकले  मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा ७ प्रतिशतमा कायम गरेको छ । 


    images
    images

    Logo