काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यरी मूल्य समायोजन हुनेमा अपी पावर कम्पनी र उपकार लघुवित्त रहेका छन् ।
अपी पावर कम्पनीले ७.५० प्रतिशत बोनस शेयर बापत नेप्सेले बुधबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय ६६ दशमलव ५ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ सय ८६ रुपैयाँमा भएको थियो ।
उपकार लघुवित्तले ६१.७५ प्रतिशत बोनस शेयर बापत नेप्सेले बुधबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ हजार ३ सय १० दशमलव ३६ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३ हजार ७ सय ३७ रुपैयाँमा भएको थियो ।