काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक १३.९० अंकले घटेर २०९१.५६ विन्दुमा पुगेको छ । बुधबार नेप्सेमा ४८ लाख १५ हजार १ सय २० कित्ता शेयर १ अर्ब ७३ करोड रुपैयाँ बराबरमा कारोवार भएको हो । मंगलबार नेप्सेमा १ अर्ब ७८ करोड रुपैयाँ बराबरको शेयर कारोवार भएको थियो ।
आज कारोवारमा आएका २१६ मध्ये ३७ कम्पनीको शेयरमूल्य बढेको, १७६ को घटेको र ३ को स्थिर रहेको छ । १३ मध्ये म्यानुफ्याक्चरीङ एण्ड प्रोसेसिङ उपसमूह बाहेक अन्य १२ उपसमूहका सूचक घटेको छ ।
आज सबैभन्दा धेरै कित्ता शेयर र धेरै रकमको कारोवार अपि पावर कम्पनीको रहेको छ ।