काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आईपीओ फागुन १० गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले कुल ५ लाख ४२ हजार ५ सय ८३ कित्ता आईपीओ स्थानिय बासिन्दाका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीले उक्त आईपीओ पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको छ। कुल निष्काशित आईपीओमध्ये अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दाहरुका लागि २ लाख ७१ हजार २ सय ९२ कित्ता आईपीओ छुट्याई बाँकी २ लाख ७१ हजार २ सय ९१ कित्ता शेयर सो बाहेकका क्षत्रमा रहेका संखुवासभा जिल्लाका बासिन्दाहरुमा बाँडफाँट गरिने भएको छ ।
त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको आईपीओ मध्ये १ लाख ८ हजार ५ सय १७ कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मकाका लागि आवेदन दिन सकिनेछ। स्थानिय बासिन्दाहरुको लागि यस्तो निष्काशन बन्द छिटोमा फागुन २५ र ढिलोमा चैत ९ गते हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने फागुन २५ गतेभित्र आवेदन दिनु पर्नेछ।
कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।



