काठमाडौं । सहकारी ठगी प्रकरणका आरोपी सुधीर बस्नेत संलग्न थप ११ सहकारीका कर्मचारी र ऋणीउपर ३५ दिने सूचना जारी गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन सकितिको कार्यालयले ओरेन्टल को अपरेटिभ बाहेक अरु सहकारी संस्थाका ऋणी, पदाधिकारी र कर्मचारीलाई ऋण चुक्ता गर्न आउन भनेको हो ।
कोभिड महामारीको कारण निषेधाज्ञा भएको समयमा निषेधाज्ञा खुलेको ३५ दिनभित्र उनीहरुलाई कार्यालयमा आएर आफ्नो ऋणको फरफारक गर्न भनिएको छ ।
स्ट्यान्डर्ड सेभिङ, प्यासिफिक सेभिङ, प्रभु बचत तथा ऋण सहकारी, कोहिनुर हिल सेभिङ, कञ्जुमर बचत, कुवेर बचत, चार्टर्ड सेभिङ, भेगास बचत, स्ट्यान्डर्ड मल्टिप्रोपोज को अपरेटिभ, सोसाइटल बचत र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्थाका ऋणी, पदाधिकारी र कर्मचारीलाई यस्तो सूचना जारी गरिएको हो । यी सबै सहकारी बस्नेतको ओरेन्टल ठगी प्रकरणसँग सम्बन्धित छन् ।



