images
images

अतिक्रमित संरचना हटाउन वीरगञ्ज महानगरको ७ दिने अल्टिमेटम


  • 248
    SHARES
  • २०७९ फाल्गुण ३ गते बुधबार

    अतिक्रमित संरचना हटाउन वीरगञ्ज महानगरको ७ दिने अल्टिमेटम

    काठमाडौं । वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना सात दिनभित्र हटाउन सूचना जारी गरेको छ । महानगरपालिकाले सातदिने सूचना जारी गरेको हो । 

    तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैँले हटाउने जनाएको छ । यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख  छ । 

    महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान सञ्चालन गरिएको महानगरको भौतिक पूर्वाधार समितिका संयोजक प्रदीपकुमार चौरसियाले बताए । 


    images
    images

    Logo