काठमाडौं । निषेधाज्ञाबाट स्मार्ट लकडाउनको मोडलमा गएको सरकारले सार्वजनिक यातायात पनि सञ्चालन गर्न दिने भएको छ । गृह मन्त्रालयको सहमति बमोजिम काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले यस्तो निर्णय गर्न लागेका हुन् ।
आज तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यससम्बन्धी निर्णय गर्नेछ । यसअनुसार सार्वजनिक सवारी साधन पनि जोरबिजोर प्रणाली अनुसार नै सञ्चालन हुनेछन् । पसल खोल्ने समयलाई भने यथावत राखिनेछ । उपत्यकाबाट आवतजावत हुने सवारीसाधन भने तत्काल खुला नगर्ने प्रशासनको तयारी छ ।