images
images

ल्होत्से मल लुटपाटमा संलग्न व्यक्तिलाई कारवाही गर्ने गृह मन्त्रालयको निर्देशन 


  • 408
    SHARES
  • २०७९ फाल्गुण २ गते मंगलबार

    ल्होत्से मल लुटपाटमा संलग्न व्यक्तिलाई कारवाही गर्ने गृह मन्त्रालयको निर्देशन 

    काठमाडौं । ल्होत्से मलमा सोमबार भएको लुटपाट र आगजनीमा संलग्न व्यक्तिलाई कारवाही गर्ने गृह मन्त्रालयले निर्देशन दिएको छ । आन्दोलनकारीको एक समूहले गोंगबुस्थित ल्होत्से मलमा सञ्चालित मोवाइल पसलबाट मोवाइल लुटपाट गरेको गरेका थिए । 

    सोमबार प्रदर्शनका क्रममा २ वटा प्रहरी भ्यान र नयाँ बसपार्कस्थित  लोह्त्से मल तोडफोड भएको थियो । सोही घटनामा संलग्न  व्यक्तिलाई कारावाही गर्ने मन्त्रालयले निर्देशन दिएको छ । यातायात मजदुरको आन्दोलनका कारण सोमबार बालाजु क्षेत्रमा तनावग्रस्त बनेको थियो ।  

    सोमबार भएको प्रदर्शनलाई नियन्त्रण लिने सवालमा प्रहरीको तर्फबाट पनि समन्वय र स्थितिको आकलन गरी तत्काल लिनुपर्ने रणनीतिबारे कमजोरी भएकोले त्यसबारे पनि गृहले प्रहरी अधिकारीहरुसमक्ष चासो राखेको छ ।  

     


    images
    images

    Logo