images
images

हेटौँडा सिमेन्ट उद्योगले गर्यो उत्पादन बन्द, यस्ताे छ कारण


  • 345
    SHARES
  • २०७९ फाल्गुण २ गते मंगलबार

    हेटौँडा सिमेन्ट उद्योगले गर्यो उत्पादन बन्द, यस्ताे छ कारण

    काठमाडौं । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो ।

    कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको भनाइ छ । उद्योगले प्रथम र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला आयात गर्ने योजना बनाएको छ । 

    उद्योगका नायव महाप्रबन्धक नवीन कर्णले सिमेन्ट उत्पादनका लागि आवश्यक कोइलाको व्यवस्थापनमा लागेको र एक हप्ताभित्र कोइला आपूर्ति भई सिमेन्ट उत्पादन सुरु हुने दाबी गरे । कोइला भारत, इन्डोनेसिया र भुटान तथा पाकिस्तानबाट आयात हुनेछ । 

    लामो समय बन्द भएको उद्योग तीन महिनाअघि मात्रै फेरि सञ्चालनमा आएको उद्योग अहिले फेरि बन्द भएको हो । दैनिक ७ सय ५० टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको भए पनि पुरानो मेसिनरी समस्या र जनशक्ति अभावमा सो अनुसार उद्योगबाट सिमेन्ट उत्पादन हुन सकेको छैन ।

    उद्योग विगत ४ वर्षदेखि घाटामा छ । उद्योग २०३३ सालमा एशियाली विकास बैंकको सहयोगमा स्थापना भएको थियो ।


    images
    images

    Logo