images
images

नेपाल भित्रियो ३ लाख ४५ हजार डोज बाइभ्यालेन्ट खोप 


  • 247
    SHARES
  • २०७९ फाल्गुण १ गते सोमबार

    नेपाल भित्रियो ३ लाख ४५ हजार डोज बाइभ्यालेन्ट खोप 

    काठमाडौं । फाइजरको नयाँ खोप बाइभ्यालेन्टको ३ लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाले सोमबार बिहान ९ बजे ती खोप भित्रिएको बताएका हुन् । 

    उनले गाभीमार्फत प्राप्त उक्त खोेपलाई टेकुस्थित विभागमा भण्डारणमा राखिने जानकारी दिए । नेपालमा पहिलोपटक भित्रिएको बाइभ्यालेन्ट खोप बुस्टर डोजका रुपमा प्रयोग गरिन्छ । ओमिक्रोनको  सबभेरिएन्टविरुद्ध यो खोप प्रभावकारी मानिएको छ । 

    कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्ट खोपको जम्मा १५ लाख मात्रा ४ चरणमा उपलब्ध गराइने र  सोहीअनुसार आज ३ लाख ४५ हजार मात्रा खोप भ्यिाइएको हो । 


    images
    images

    Logo