काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकमा ४२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ । संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९००९ जनाको मृत्यु भएको छ ।