images
images

नेपालमा थप १९२० जनामा कोरोना संक्रमण पुष्टि


  • 256
    SHARES
  • २०७८ आषाढ १३ गते आइतबार

    नेपालमा थप १९२० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप १९२० जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ । 

    यसैगरि संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।


    images
    images

    Logo