पोखरा । गण्डकी प्रदेशमा मन्त्रीहरुको जिम्मेवारी तोकिएको छ । नयाँ सरकार बनेसँगै पहिलोपटक गरिएको मन्त्रिमण्डल विस्तारका क्रममा शपथ लिएका ४ मध्ये २ मन्त्रीको जिम्मेवारी तोकिएको हो ।
यसअनुसार कुमार खड्कालाई शिक्षा, संस्कृति, विज्ञान, प्रविधि, र सामाजिक विकास मन्त्रालयको जिम्मा दिइएको छ ।
त्यस्तै मधुमाया अधिकारीलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री तोकिएको छ ।
बाँकी २ मध्ये हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) ले भने तोकिएको मन्त्रालय लिन नचाहेपछि उनीहरुलाई विना विभागीयमै कायम राखिएको छ ।
मनाङेलाई खेलकुद तथा आचार्यलाई उर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्न प्रस्ताव गरिएको थियो । तर, मनाङेले भौतिक पूर्वाधार र आचार्यले आर्थिक मामिला मन्त्रालयको माग गर्दै आएका छन् ।