काठमाडौं । साताको पहिलो दिन (आइतबार) सेयर बजारमा हरियाली छाएको छ । आजको दिन नेप्से परिसूचक २७.३८ अंकले बढेर २८७०.३८ विन्दुमा पुगेको छ ।
त्यसैगरि आज २ करोड ९ लाखको कित्ता सेयर ७ अर्ब १६ करोड रुपैयाँमा कारोबार भएको छ ।
यो दिन १०२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
सब इन्डेक्सतर्फ जलविद्युत् र बैंकिङ समूहमा वृद्धि देखिएको छ भने विकास बैंक, होटल तथा पर्यटन र फाइनान्समा गिरावट देखिएको छ ।
यो दिनको कारोबारमा सबैभन्दा धेरै कमाउने शीर्ष कम्पनीमा सेञ्चुरी बैंक र माथिल्लो तामाकोसी कम्पनी छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा गोर्खाज फाइनान्स, प्रोग्र्रेसिभ फाइनान्स, रिलायन्स फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, युनियन हाइड्रोपावर र मिथिला लघुवित्त वित्तीय संस्थालगायतका छन् ।



