images
images

काठमाडौंमा हुने त्रिदेशीय शृंखलामा सन्दीप लामिछाने खेल्ने निश्चित 


  • 405
    SHARES
  • २०७९ माघ २७ गते शुक्रबार

    काठमाडौंमा हुने त्रिदेशीय शृंखलामा सन्दीप लामिछाने खेल्ने निश्चित 

    काठमाडौं । विश्वकप क्रिकेट लिग २ अन्तर्गत काठमाडौंमा हुने एकदिवसीय शृंखलामा  नेपाली टिमबाट पूर्व कप्तान सन्दीप लामिछाने खेल्ने निश्चित भएको छ । फागुन ३ देखि हुने त्रिदेशीय एकदिवसीय शृंखलाका लागि बिहीबार घोषित टिममा  घोषित नेपाली टिममा पूर्व कप्तान सन्दीप लामिछाने पनि परेका हुन् । 

    गत भदौमा नाबालिग बलात्कारको आरोपछि निलम्बनमा परेका सन्दीपलाई कारागारमुक्त भएलगत्तै नेपाल क्रिकेट संघले समावेश गरेको हो। त्रिवि क्रिकेट मैदानमा हुने शृंखलामा स्कटल्यान्ड, नामिबिया र नेपाल सम्मिलित छन् । 

    रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टिम कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुल्शन झा, भीम सार्की र सूर्य तामाङ छन्। सूर्य पहिलो पटक सिनियर राष्ट्रिय टिममा परेका हुन्।

    त्यस्तै, आरिफ शेख, प्रतिश जिसी, श्याम ढकाल र अर्जुन साउद वैकल्पिक खेलाडीको सूचीमा छन्। घरेलु मैदानमा हुन लागेको यो प्रतियोगितामा नेपालका नयाँ मुख्य प्रशिक्षक मोन्टी देशाईले पनि डेब्यू गर्नेछन्।


    images
    images

    Logo