images
images

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता शाह नियुक्त 


  • 467
    SHARES
  • २०७९ माघ २६ गते बिहीबार

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता शाह नियुक्त 

    धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता शाहलाई बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

    शाहले प्रदेश मुख्यमन्त्रीमा नियुक्त गर्न आजै दाबी पेस गरेका थिए ।  नवनियुक्त मुख्यमन्त्री शाहलाई शुक्रबार शपथ ग्रहण गराइने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

    ५३ सदस्यीय प्रदेशसभामा कांग्रेस १९, माओवादी केन्द्र १० (सभामुख बाहेक), एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७, एकीकृत समाजवादी ४, राप्रपा एक र एक जना स्वतन्त्र सांसद छन् ।

     यसअघि पुस २७ गते माओवादी केन्द्र ११, एमाले १०, नाउपा ७, र एक जना राप्रपा सांसदको समर्थनमा गठित एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेतृत्वको सरकारले बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत लिन असफल भएको थियो । त्यस लगत्तै रावलले प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गरेका थिए ।


    images
    images

    Logo