images
images

सूर्यविनायकमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शूरु


  • 1.3K
    SHARES
  • २०७९ माघ २६ गते बिहीबार

    सूर्यविनायकमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शूरु

    भक्तपुर । सूर्यविनायक नगरपालिकामा प्रथम  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शूरु भएको छ । नगरपालिकाको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शूरु भएको हो । 

    सूर्यविनायक नगरपालिका ४ स्थित मोर्डन स्कुलमा आयोजित प्रतियोगिताको झण्डोतोलन गर्दै नगर प्रमुख बासुदेव थापाले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख थापाले राष्ट्र चिनाउन खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउँदै ‘समृद्ध नेपाल, खुसी नेपाली’ बनाउने अभियानलाई सार्थकता दिन पनि खेलकुद क्षेत्रलाई अगाडि बढाउन आवश्यक रहेको बताए ।

    खेलाडीहरुलाई अनुशासित भएर खेलमा सहभागि हुन आग्रह गर्दै प्रमुख थापाले खेललाई ब्यवस्थित गर्न नगरपालिकाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग रहने बचन दिए । प्रतियोगितामा नगर क्षेत्रका २४ वटा विद्यालयका ५ सयबढी बिद्यार्थीको सहभागिता रहेको छ ।

    उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापा, नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु लगायत जनप्रतिनिधिको सहभागिता रहेको थियो । तीन दिनसम्म चल्ने प्रतियोगीतामा प्रथम, द्धीतीय र तृतीयका साथै सान्त्वनाका लागि समेत पुरस्कारको ब्यवस्था गरिएको छ ।


    images
    images

    Logo