images
images

सुदूरपश्चिमका मुख्यमन्त्री रावल पदमुक्त, १ महिनामै ढल्यो सरकार


  • 366
    SHARES
  • २०७९ माघ २६ गते बिहीबार

    सुदूरपश्चिमका मुख्यमन्त्री रावल पदमुक्त, १ महिनामै ढल्यो सरकार

    काठमाडौं ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । आजको बैठकको कार्यसूची पनि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रमको थियो प्रदेशसभाले बहुमतले अस्वीकृत गरेपछि उनी पदमुक्त भएका हुन् । 

    मुख्यमन्त्री रावलले लामो सम्बोधन गरेर आफूलाई विश्वासको मत दिन आग्रह गरे पनि उनलाई विश्वासको मत उनले पाएनन् । यससँगै गठन भएको एक महिनामै सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ ।  विश्वासको मतका लागि २७ मत आवश्यक थियो । यसअघि उनलाई समर्थन गरेको दल नागरिक उन्मुक्ति पार्टी अनुपस्थित भएसँग उनकाे मत नपुगेकाे हाे ।

    उनी एमालेसहित, नेकपा माओवादी केन्द्र, राप्रपा र नाउपाको समर्थनमा पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादीका ११ ९सभामुखसहित०, एमालेका १०, नाउपाका ७, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ जना सांसद छन्।


    images
    images

    Logo