काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । विहीबार छापावाला सुन प्रतितोला १ लाख ४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।
वुधबार प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ सय रुपैयाँले बढेर १ लाख ४ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४ हजार ४ सय रुपैयाँ तोकिएको छ चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा महासंघले जनाएको छ ।