काठमाडौं । माओवादी केन्द्रको उपाध्यक्षमा अग्नि सापकोटा र पम्फा भुसाल नियुक्त भएका छन् । माओवादीले पूर्व सभामुख सापकोटा र उपमहासचिव भुसाललाई बुधबार उपाध्यक्ष बनाएको हो ।
माओवादीमा यसअघि नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष थिए । पुर्व सभामुख सापकोटा यसअघि पार्टीको जिम्मेवारीमा थिएनन् ।
माओवादीको पछिल्लो स्थायी समिति बैठकमा सापकोटा र भुसाललाई उपाध्यक्ष बनाउने विषयमा छलफल भएको थियो ।