काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने मिति तय गरेको छ । राष्ट्र बैंकले आउँदो शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने भएको हो ।
राष्ट्र बैंकको सञ्चालक समितिको बैंठकले शुक्रवार मौद्रिक नीतिको समिक्षा गर्ने पक्कापक्की भएको छ । यदी शुक्रबार कुनै कारणबस मौद्रिक नीतिको समिक्षा हुन नसके आइतवार गर्ने राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिको समीक्षाको राष्ट्र बैंकले माघ २० गतेसम्म सरोकारवालाहरुसँग सुझाव माग गरेको थियो।