images
images

नेपालीको श्रमबाट कोरिया प्रभावित छ ः राजदूत सुक


  • 315
    SHARES
  • २०७९ माघ २५ गते बुधबार

    नेपालीको श्रमबाट कोरिया प्रभावित छ ः राजदूत सुक

    काठमाडौं । नेपालका लागि कोरियाली राजदूत हेप चङ सुकले कोरियामा काम गर्ने नेपालीहरुको श्रमबाट कोरियन सरकार प्रभावित भएको बताएका छन् । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँगको भेटमा उनले इपिएस अन्तर्गत १५ हजार नेपालीहरु कोरियामा रहेको भन्दै उनीहरुको योगदान प्रशंसनीय रहेको बताएका हुन् । 

    राजदूत सुकले नेपाल र कोरियाकीचको सम्बन्ध बहुआयामिक किसिमको रहेको भन्दै दुइ देशबीच श्रम, पर्यटन तथा व्यावसायिक रुपमा सम्बन्ध थप विस्तार हुन सक्ने बताए । कारोना अगाडि नेपालमा वार्षिक ४० हजार पर्यटक आउने गरेको तथा कोरियाली सरकारको सहयोगमा नेपालमा विभिन्न औद्योगिक परियोजनाहरु समेत निर्माण भएको भन्दै उनले मन्त्री भण्डारीको कार्यकालमा यस्तो सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे । 

    कोरियाले नेपालमा कोरियन सहयोग नियोग मार्फत सहयोग गर्दै आएको छ भने कोरियाली कम्पनीहरुले नेपालमा लगानीसमेत गर्दै आएका छन् । राजदूत सुकले सामसुङले भैरहवामा एसम्बेलिङ इन्डष्ट्रिज स्थापना गरेको स्मरण गराउँदै नेपालमा थप लगानी गर्न सकिने वातावरण बनाउन मन्त्री भण्डारीसँग अनुरोध गरे । 

    भेटमा मन्त्री भण्डारीले नेपालमा लगानी गर्न उपयुक्त वातावरण रहेको र यसमा थप सुधार गर्न सरकार तयार रहेको बताए । उनले कोरियन लगानिकर्तालाई नेपालमा लगानी गर्ने वातावरण बनाइदिन राजदूतसँग आग्रह समेत गरे । 

    नेपाल र कोरियाबीच सन् १९७४ मा दौत्य सम्बन्ध स्थापना भएको थियो । सो समयदेखि नै द्विपक्षीय सहयोग आदानप्रदान हुँदै आएकोमा सन् २००५ मा दुइ देशबीच सांस्कृतिक क्षेत्रमा र सन् २००७ मा श्रम क्षेत्रमा सम्झौता भएको थियो । 

    कोरिया नेपालमा बढी लगानी गर्ने पाचौँ मुलुक हो । वैदेशिक व्यापारमा समेत कोरिया शिर्ष स्थानमा रहँदै आएको छ । अघिल्लो आर्थिक वर्षमा दुइ देशबीच ७३.६ मिलियन अमेरिकी डलर बराबर रकमको कारोवार भएको थियो । 


    images
    images

    Logo