काठमाडौं । लुम्विनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौंदी निर्वाचित भएका छन् । दसौंदीले ४ हजार २६ मतभार पाएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पधी नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० पाएका थिए भने नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १ सय ९२ मतभार पाएका छन् ।
दसौंदीलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दलको समर्थन थियो । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा बुधबार नै उपनिर्वाचन भएको थियो ।
राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।