images
images

गण्डकीमा शक्ति सन्तुलन मिल्यो, मनाङेलाई फेरि खेलकुद मन्त्रालय


  • 764
    SHARES
  • २०७८ आषाढ १२ गते शनिबार

    गण्डकीमा शक्ति सन्तुलन मिल्यो, मनाङेलाई फेरि खेलकुद मन्त्रालय

    काठमाडौं । गण्डकी प्रदेशको सत्ता बाँडफाँटमा देखिएको रस्साकस्सी अन्त्य हुने संकेच देखिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँगै शपथ लिएका ५ विना विभागीय मन्त्री र अन्य मन्त्रीहरु समेतका लागि सत्तारुढ दलहरुबीच सहमति भएको हो । 

    सहमति अनुसार काँग्रेसका मन्त्री कुमार खड्काले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, माओवादी केन्द्रकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या, जनता समाजवादीका हरिशरण आचार्यले उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय तथा स्वतन्त्र सांसद रहेका राजीव गुरुङ (दीपक मनाङे) लाई खेलकुदा मन्त्रालय दिने सहमति भएको छ ।

    गण्डकीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित ११ मन्त्रालय छन् । आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना लगायत महत्वपूर्ण मन्त्रालयबीच बाँकी रहेकाले अहिले सरकारमा आउन बाँकी रहेका सरकारपक्षीय दललाई सनेत समेट्नसक्ने बाटो खुलेको छ । 


    images
    images

    Logo