काठमाडौं । नेपालमा थप २०१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त बनेका छन् ।
कोरोना भाइरस संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट कुल ८ हजार ९७५ जनाले ज्यान गुमाएका छन् ।