images
images

फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


  • 431
    SHARES
  • २०७९ माघ २३ गते सोमबार

    फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

    काठमाडौं । आज सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । सोमवार छापावाला सुन प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । 

    आइतवार प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको सुन आज ५ सय रुपैयाँले बढेर १ लाख ४ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतवार एकैदिन २ हजार रुपैयाँले घटेको सुन आज फेरि ५ सय रुपैयाँले बढेको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo