images
images

वीरगञ्ज भन्सारद्वारा ६१ प्रतिशत राजस्व सङ्कलन


  • 328
    SHARES
  • २०७९ माघ २३ गते सोमबार

    वीरगञ्ज भन्सारद्वारा ६१ प्रतिशत राजस्व सङ्कलन

    काठमाडौं । पर्साको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा लक्ष्यको ६१ प्रतिशत राजस्व सङ्कलन गरेको छ । 

    चालु आवको साउनदेखि पुससम्ममा १ खर्ब २२ अर्ब ७७ करोड १८ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ६१ दशमलव २७ प्रतिशत अर्थात् ७६ अर्ब ६३ करोड ४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले जानकारी दिए ।

    उनका अनुसार सो भन्सार कार्यालयको चालु आवमा २ खर्ब ६१ अर्ब ९९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य छ । हालसम्म वार्षिक लक्ष्यको ५१ प्रतिशत राजस्व सङ्कलन भएको सूचना अधिकृत ढकालले बताए । 

    सो भन्सार कार्यालयले गत आव २०७८÷७९ मा लक्ष्यको ९३ प्रतिशत र आव २०७७÷७८ मा लक्ष्यको ९७ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । चालु आवमा पनि लक्ष्यानुसार राजस्व सङ्कलन हुने सम्भावना कम रहेको सूचना अधिकृत ढकालको भनाइ छ ।

    समग्रमा आयात घट्नु, राजस्वमा बढी योगदान गर्ने वस्तुको आयातमा प्रतिबन्ध तथा ‘एलसी‘ खोल्नमा कडाइ गरिएकाले पनि राजस्व सङ्कलन घटेको सूचना अधिकृत ढकालले बताए । 

    सरकारले मदिरा, मोबाइल, गाडीको आयात खुला गरे पनि आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले आगामी दुई महिना यस्तै अवस्था हुने उनको भनाइ छ ।


    images
    images

    Logo