images
images

बजारमा कच्चा सुनको चरम अभाव, सुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग


  • 328
    SHARES
  • २०७९ माघ २२ गते आइतबार

    बजारमा कच्चा सुनको चरम अभाव, सुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग

    बजारमा कच्चा सुनको चरम अभाव भएको भन्दै सुनचाँदी व्यसायीहरूले ततकाल आपूर्ति व्यवस्थामा सुधार गर्न सरकारसँग आग्रह गरेका छन् ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा रहेको महासङ्घको प्रतिनिधिमण्डलले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै सुनको आपूर्ति बढाउन आग्रह गरेको हो ।

    भेटका क्रममा मन्त्री भण्डारीले व्यवसायीका समस्यालाई आफूले नजिकबाट नियालेको उल्लेख गर्दै समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यसका लागि व्यवसायीसँग आवश्यकताअनुसार परामर्श गरेर अगाडि बढ्ने उनले बताए। मन्त्री भण्डारीसँगको भेटका क्रममा व्यवसायीहरूले सुनचाँदी कारोबारको निर्देशिका जारी गर्न आग्रह गरेका थिए । 

    यस्तै, सुनचाँदी व्यवसायीहरूले भोग्नुपरेका विविध समस्याका बारेमा जानकारी गराएका थिए । त्यसक्रमा उपाध्यक्षद्वय पवनकुमार सोमानी र महेन्द्ररत्न शाक्य तथा सचिव किरणभाइ बज्राचार्य र सहकोषाध्यक्ष पद्मशुन्दर शाक्य लगायतले व्यवसायीको समस्याका बारेमा जानकारी गराएका थिए । 


    images
    images

    Logo