images
images

सत्ता साझेदारबीचको एकतालाई जसरी भए पनि  बचाउँछु : प्रधानमन्त्री


  • 342
    SHARES
  • २०७९ माघ २२ गते आइतबार

    सत्ता साझेदारबीचको एकतालाई जसरी भए पनि  बचाउँछु : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सहयात्री दलहरूको एकतालाई जसरी पनि बचाउने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सत्ता सहयात्री दललाई एकताबद्ध बनाएर लैजाने बताए । 

    “मेरो कोशिश त थियो, राष्ट्रिय सहमति गरौँ भनिराखेको छु, सत्ता साझेदारबीचको एकतालाई जसरी भए पनि बचाउनुपर्छ भन्ने नै हो”, उनले भने, “अदालतको निर्णयपछि उहाँहरू (रास्वपा) लाई अलि असहज त भएको थियो । उहाँसँग फेरि भेटेर कुरा गर्छु ।” सरकारमा सहभागी भएको रास्वपाले आजै मात्र सरकारबाट बाहिरिने निर्णय गरेको छ । यद्यपि, उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । 


    images
    images

    Logo