काठमाडौं । साविक मेगा बैंकका ग्राहकको खाता नम्बर परिबर्तन भएको छ । नेपाल ईन्भेष्टमेण्ट बैंक तथा मेगा बैंक एक आपसमा गाभिएर नेपाल ईन्भेष्टमेण्ट मेगा बैंकको रुपमा पौष २७ गतेबाट एकिकृत कारोबार सञ्चालन गरेसँगै साविक मेगा बैंकका ग्राहकको खाता नम्बर परिबर्तन गरिएको हो ।
मेगा बैंकका ग्राहकले आफ्नो खाता नम्बर थाहा पाउनका लागि आफुलाई पायक पर्ने नेपाल ईन्भेष्टमेण्ट मेगा बैंकको कुनै पनि शाखामा सम्पर्क गरि जानकारी लिन बैंकले अनुरोध गरेको छ । साथै सीआरएन नम्बर भने हाल परिवर्तन नगरिएको पनि बैंकले जनाएको छ ।
