काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रकम बराबरको ट्रेजरी विल जारी गर्न लागेको हो ।
बैंकले २८ दिनको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ७ अर्ब १० करोड रुपैयाँ र १८२ दिनको लागि ७ अर्ब रुपैयाँ र ३६४ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । उक्त ट्रेजरी विलमध्ये १८२ दिन अवधिको ७ अर्ब विल नयाँ हो ।
उक्त ट्रेजरी विल २८ दिनको फागुन २३ गते परिपक्क हुनेछ भने ९१ दिनको अगामी वैशाख २६ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको आगामी साउन २३ गते परिपक्क हुनेछ भने ३६४ दिनको आगामी माघ २३ परिपक्क हुनेछ।
यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।



