images
images

छ महिनामा ४४ प्रतिशत राजस्व सङ्कलन


  • 282
    SHARES
  • २०७९ माघ २२ गते आइतबार

    छ महिनामा ४४ प्रतिशत राजस्व सङ्कलन

    काठमाडौं । भन्सार कार्यालय मलङ्गवा, सर्लाहीले चालु आर्थिक वर्षको छ महिनामा कूल लक्ष्यको ४४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । 

    साउनदेखि पुससम्म ४० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा  १७ करोड ३५ लाख ८६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालयका भन्सार अधिकृत नरेश साहले जानकारी दिए ।

    उनका अनुसार कार्यालयले चालु आवमा  ७८ करोड ५० लाख ७६ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको ८५ प्रतिशत र आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यको १ सय ७६ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । 

    अधिकृत साहका अनुसार राजस्वमा बढी योगदान गर्ने वस्तुको आयात घट्दा राजस्व सङ्कलन प्रभावित भएको हो । आयात हुने वस्तुमा आलु, प्याज, कोइला, सख्खर, माछाको दाना, भेनियर र फर्मलडिहाइड छन्, भने धान र गहुँको आयात निर्यात बन्द छन् ।

    आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले आगामी दुई महिना यस्तै अवस्था रहने उनको भनाइ छ । 

    विश्वव्यापी रुपमा फैलिएको कोरोना सङ्क्रमणका कारण लामो समय व्यापार व्यवसाय बन्द हुनु तथा जिल्लामा रहेका अन्य सात वटा छोटी भन्सार कार्यालय पनि बन्द हुँदा राजस्व सङ्कलन प्रभावित भएको भन्सार कार्यालय मलङ्गवा, सर्लाहीले जनाएको छ ।


    images
    images

    Logo