पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको ७९ वर्षको उमेरमा निधन भएको छ । दुबईको एक अमेरिकी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
उनी एमाइलोइडोसिस नामक रोगबाट ग्रसित थिए । एमाइलोइडोसिस एक दुर्लभ रोग हो । यसले शरीरका विभिन्न तन्तुहरूमा प्रोटिनका केही प्रकारहरूको असामान्य भण्डारण निम्त्याउँछ र अंगलाई क्षति पुर्याउँछ।
मुसर्रफलाई पूर्व प्रधानमन्त्री बेनजिर भुट्टो हत्या प्रकरण र रेड मस्जिद मौलवी हत्या प्रकरणमा फरार घोषणा गरिएको थियो। सन् २०१६ देखि दुबईमा बस्दै आएका पूर्वराष्ट्रपति सन् २००७ मा संविधान निलम्बन गरेको भन्दै देशद्रोहको मुद्दाको सामना गरिरहेका थिए ।
उनी उपचारका लागि मार्च २०१६ मा दुबई गएका थिए र त्यसपछि फर्केका थिएनन् ।