काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमसेर जबराको आइतबार ९५ वर्षको उमेरमा निधन भएको छ । विगत ५ वर्षदेखि पार्किन्सन बाट थलिएका राणाको केही सातादेखि नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज बिहान उनको निधन भएको हो ।
स्वर्गीय राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेका थिए । राष्ट्र बैकको स्थापना पछि गभर्नरमा नियुक्त हुँदा उनको उमेर २९ वर्ष थियो । उनी हिमालयन बैंकको संस्थापक समेत थिए ।
अस्पतालमा भर्ना हुनुअघि राणाले २ वटा किताब प्रकाशनको तयारी गरिरहेका थिए ।