images
images

एकैदिन २ हजारले घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 381
    SHARES
  • २०७९ माघ २२ गते आइतबार

    एकैदिन २ हजारले घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य एकैदिन २ हजार रुपैयाँले घटेको छ । आइतवार छापावाला सुन प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँ कायम गरिएको छ । 

    शुक्रवार प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँकम कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ हजार रुपैयाँले घटेर १ लाख ४ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला ६५ रुपैयाँले घटेर १ हजार ३ सय २० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo