images
images

महानगरले गर्यो ६ महिनामा ५८१ फुटपाथ व्यवसायीलाई कारबाही


  • 397
    SHARES
  • २०७९ माघ २१ गते शनिबार

    महानगरले गर्यो ६ महिनामा ५८१ फुटपाथ व्यवसायीलाई कारबाही

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ६ महिनामा ५ सय ८१ फुटपाथ व्यवसायीलाई कारबाही गरेको छ ।  काठमाडौं महानगरपालिकाले नगर प्रहरी मार्फत फुटपाथ व्यवसाय हटाउने, ‘नो पार्किङ’ कारबाही, परिचय पाटी हटाउने लगायतका काम गरिरहेको छ ।

    महानगरका मेयर बालेन्द्र शाह (बालेन)को चर्को आलोचनाको बाबजुद पनि ठुलो संख्यामा नगर प्रहरीले कारबाहीलाई निरन्तर अघि बढाएका छन् ।काठमाडौं महानगरका अनुसार चालु आर्थिक वर्ष २०७९/८०को ६ महिनामा सडक पेटीमा अनधिकृत व्यापार गर्ने ५ सय ८१ जनालाई कारबाही गरेको छ । यस्तै अनधिकृत पार्किङ् गर्ने ७ हजार ७ सय ३५ मोटरसाइकललाई जरिवाना तिराएको महानगरले जनाएको छ । 

    नगर प्रहरीले राजस्व विभागसँगको सहकार्यमा ९ हजार ८ सय ८५ वटा परिचय पाटी (साइन बोर्ड) हटाएको पाण्डेले बताए ।चालु आर्थिक वर्षमा मात्रै सार्वजनिकस्थलमा निर्माण भएका ३२ वटा संरचना भत्काएको, ५२ वटा वेसमेन्ट पार्किङ् खाली भएको छ । यस्तै ६ महिनामा शहरी सुशासन विभागबाट ६ सय ५० वटा नक्सा पास भएका छन । ५ सय २१ वटाले निर्माण सम्पन्न लिइसकेको छन् यस्तै ६ सय ३४ वटाको प्रमाणीकरण भएको छ ।


    images
    images

    Logo