काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य घटेको छ ।
शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ २३ पैसा कायम रहेको छ । शक्रबार डलर १ सय ३१ रुपैयाँ ७८ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४२ रुपैयाँ ८० पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ४६ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६० रुपैयाँ ३ पैसा र बिक्री दर १ सय ६० रुपैयाँ ७७ पैसा रहेको छ।
