काठमाडौं । क्लबको जग्गालाई व्यक्तिगत नाममा नामसारी गर्ने कसुर गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्द मुद्दा चलाएको छ । पर्साको साविक वेल्वा गाविसमा रहेको युवा स्पोर्टर्स क्लबको नाममा रहेको १ कठ्ठा ५ धुर जग्गा शेष सफी अहमदको नाममा गर्ने कार्यमा संलग्नविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
यसरी मुद्दा पर्नेहरुमा भूमिसुधार तथा मालपोत कार्यलयका प्रमुख कमोद तिवारी, नायव सुब्बा शम्भु साह र खरिदार शिवप्रसाद साह तेली, तात्कालिन खरिदार रिन्ता कुमारी, जग्गाधनी शेष सफी अहमद, सरकारी कागजात नोक्सानका मतियारको रुपमा शेख साजिद एकवाल रहेका छन् ।
उनीहरुविरुद्ध सरकारी कागजात नष्ट गरेको कसुरमा कैद तथा जरिवाना मागदावी गरिएको छ ।