images
images

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र ३ राज्यमन्त्री 


  • 316
    SHARES
  • २०७९ माघ २० गते शुक्रबार

    मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र ३ राज्यमन्त्री 

    काठमाडौं । । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।  सत्ता साझेदार दलहरुबीच भएको छलफलमा आफूले रोजेको मन्त्रालय नपाएपनि माओवादी केन्द्र असन्तुष्ट बन्दै सरकारमा सहभागी नभएको हो ।

    सरकार गठन भएको झण्डै एक महिनापछि एमालेलाई ४, जनता समाजवादी पार्टी (जसपा)लाई ३, जनमतलाई २ र माओवादी केन्द्रलाई १ मन्त्रालयको भागवण्डा भएको छ । मधेस प्रदेशमा माओवादीबाहेकको १३ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

    एमालेबाट सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार, राजकुमार लेखी कानून न्याय तथा प्रदेश मामिला र मोहम्मद जयद आलम महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् । यसअघि नै मन्त्री भएका एमाले संसदीय दलका नेता समेत रहेका सरोज यादव भौतिक पूर्वाधारमन्त्री छन् ।

    मुख्यमन्त्री यादवको दल जसपाबाट सुनिताकुमारी साह सामाजिक विकास र सिंहासन कलावार खानेपानी तथा उर्जा विकास बनेका छन् । जसपाकै संजयकुमार यादव यसअघि नै अर्थमन्त्री छन् ।

    जनमत संसदीय दलका नेता महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्यमन्त्री नियुक्त भएका छन् । जनमतका बसन्तकुमार कुशवाह भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भइसकेका छन् ।

    तीन दलबाट एकएक जना राज्यमन्त्री भएका छन् । एमालेका केशव राय गृह तथा सञ्चार, जसपाका शेख अब्दुल कलाम आजाद सामाजिक विकास र जनमतका सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् ।

     


    images
    images

    Logo