काठमाडौं । जीवन बीमा कम्पनीहरुले पुस महिनसम्मा ७१ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार पुस महिनामा जीवन बीमा कम्पनीहरुले कुल १ करोड ४१ लाख ९ हजार १ सय ५० बीमालेख विक्री गरी ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । सो अवधिमा २० जीबन बीमा कम्पनीहरुले सो रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।
जीवन बीमा कम्पनीहरुले पुसमहिना मात्रै ११ लाख ४४ हजार ८ सय ५४ बीमालेख विक्री गरी १२ अर्ब १३ करोड ५८ लाख रुपौयँ कुल व्यवसाय आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्क अनुसार सवैभन्दा बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इस्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा १८ अर्ब ६३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले ८ अर्ब ७२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, नेशनल लाइफले ७ अर्ब ६८ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थानले ६ अर्ब १४ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । यूनियन लाइफले ३ अर्ब ७५ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ भने एशियन लाइफले ३ अर्ब ४६ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।
त्यस्तै, सिटिजन लाइफले २ अर्ब ६६ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ भने मेट लाइफले २ अर्ब ५० करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । प्राइम लाइफले २ अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । साविक सूर्या लाइफले २ अर्ब ८ करोड कुल बीमा शुल्क आर्जन गरेका छन् ।
त्यसैगरी आइएमई लाइफले १ अर्ब ९५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले १ अर्ब ९४ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ७८ करोड, रिलायन्स लाइफले १ अर्ब ५० करोड, साविक ज्योति लाइफले १ अर्ब ४७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गुराँस लाइफले १ अर्ब ४३ करोड, सानिमा लाइफले १ अर्ब २४ करोड, प्रभु लाइफले १ अर्ब ३ करोड र महालक्ष्मी लाइफले ७५ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका छन् ।
सूर्या र ज्योति लाइफ मर्जर भएपछि यस सूर्याज्योति कम्पनीले ५९ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।




